काठमाडौँ । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका नेता विष्णु पौडेलले अर्थतन्त्रमा ठूलो संकट देखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।
अहिलेकै जस्तो राजनीतिक अवस्था देशमा रहे अर्थतन्त्रले सही गति नलिने पनि उनले बताए । ‘अब पनि फेरि राजनीतिक अस्थिरताको जोखिम देखिएको छ,’ उनले भने, ‘जबसम्म नीति निर्माणको सन्दर्भमा आफ्ना सोच लाद्ने सोचबाट अघि बढ्न सकिँदैन ।’
अर्थतन्त्रमा सुधार ल्याउन सबै सरोकारवाला र हिस्सेदारलाई एक ठाउँमा राखेर छलफल गर्नुपर्ने समेत उनले बताए । ‘निजी क्षेत्रले गुनासो गर्ने तर सरकारले वास्ता नगर्ने अवस्थाबाट अघि बढ्न सकिँदैन,’ पौडेलले भने, ‘निजी क्षेत्रको विश्वास टुट्न लागेको छ, यसले जतिबेला पनि हात उठाउन यो खतरानाक छ ।’
तपाईंको प्रतिकृया




