काठमाडाैँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । उनले नेकपा एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गरेका हुन् ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीको जितसँगै कार्की दोस्रो पटक संसद भवन प्रवेश गरेका छन् । कार्की भोजपुरबाट पटक–पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी–४ बाट चुनाव लडेर निर्वाचित हुँदै आएका छन् । त्यतिबेला कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।
तपाईंको प्रतिकृया




