विवाह पञ्चमीको अवसरमा भोलि मधेसमा सार्वजनिक बिदा

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

काठमाडाैं । मधेश प्रदेश सरकारले सीताराम विवाह पंचमीको अवसरमा मंसिर १२ गते (भोली) सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विवाह पंचमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोली सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन् ।

त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत आइतबार माता सिताको मटकोर विधिको तयारी गरिदैछ । आइतबार ऐतिहासिक गंगासागर पोखरीमा सिताको मटकोर गरिनेछ ।

भोलि जानकी मन्दिर परिसरमा सीता-राम स्वयंम्वर अर्थात् विवाह समारोह गरिनेछ । त्रेतायुगको झझल्को दिने उक्त विवाहमा नेपाल-भारतका लाखौं श्रद्धालु सहभागी हुनेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री