बाजुराको बुढीनन्दा-५ मा आज मतदान

काठमाडाैँ । बाजुराको बुढीनन्दा-५ मा रोकिएको निर्वाचन सुरू भएकाे छ । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले अहिले बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएकाे जानकारी दिए । यो केन्द्रमा ९९९ जना मतादाता रहेको पनि उनले बताए । राजनीतिक दलहरुले जिल्लाका २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी गरेका छन् । यी उजुरीको विषयमा पनि निर्णय भइनसकेको उनले जानकारी दिए ।

त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो । यो घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस