दलीय स्वार्थभन्दा माथि उठेर देश र जनताको सेवा गर्छु : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले ददीय स्वार्थभन्दा माथि उठेर देश र जनताको सेवा गर्ने बेला आएको बताएका छन् ।

शुक्रबार निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै नेता सिंहले निर्वाचनका बेला दलहरुबीच जस्तो तिक्तता आएपनि अब दलीय स्वार्थभन्दा माथि उठेर देश र जनताको सेवा गर्ने बेला आएको बताए ।

उनले आफूले निर्वाचनका बेला गरेका प्रतिवद्धता र जनताको समस्याका साथै देशलाई अघि बढाउनका लागि आवश्यक भूमिका खेल्ने जिकिर गरे । यसअघि जनताले दिएको म्याण्डेडलाई बेवास्ता गर्दा जनतामा निराशा छाएको भन्दै बव पाँच बर्ष जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यहरुलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस