सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या

काठमाडौं । सुनसरीको भुताहामा  एक विद्यालयका शिक्षकको हत्या भएको छ । भारतबाट मोटरसाइकलमा अाएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो ।

हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् । नेपाल-भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ गोली हानेर उनीहरू भागेको छन् ।  घाइते प्रहरीलार्इ उपचारका लागि बिराटनगर ल्याइएको जनाइएको छ ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।  घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री