काठमाडाैँ । बर्दिया १ बाट नेपाली कांग्रेसका सञ्जय गौतम निर्वाचित भएका छन् । एमालेका लक्ष्मणराज ज्ञवालीलाई ३ हजार ४ सय ९९ मतले पराजित गर्दै कांग्रेसका गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । संसदीय प्रतिस्पर्धामा गौतमको यो तेस्रो जित हो ।
गौतमले २४ हजार ३३२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ज्ञवालीले २० हजार ८३३ मत पाए ।
तेस्रो भएका नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारुले २० हजार ४६२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ९ हजार २५४ र राप्रपाका सूर्यबहादुर सिंहले १ हजार ५९२ मत पाए ।
तपाईंको प्रतिकृया




