जुम्लामा जितेपछि ज्ञानेन्द्र शाहीले भने, ‘भ्रष्टचार गर्दिनँ, गर्न पनि दिन्नँ’

काठमाडाैं । जुम्लाबाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने लाग्ने बताएका छन् ।

उनले आफू भ्रष्टचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताएका छन् । निर्वाचित भएपछि विजय र्‍यालीको क्रममा जुम्लाको सदरमुकाम खलंगाको बालमन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै शाहीले जुम्ली मतदाताले ठूलो आशा र भरोसाले दिएको मतलाई निराशामा परिणत हुन नदिने बताए ।

केन्द्रमा उठेको जुम्लाको आवाजलाई दबाइएको छ । जुम्लाको प्रतिनिधित्वलाई सौतेनी व्यवहारले हेरिन्छ। त्यो सौतेनी व्यवहारको पर्दाफास गर्दै जुम्लीले पनि यो देशमा राज गर्न सक्छन् भन्ने उदाहरण दिने जनाए । अहिलेसम्म सांसद जितेर गएपछि गाउँ फर्कदैनन् भन्ने आरोपलाई चिर्दै शाहीले भने जुम्लाका सबै स्थानीय तहमा पुगेर मतदाताको दुख पीडा सुन्ने बताए । म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ। आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरेको छैन ।

अब उप्रान्त जुम्लामा कसैले भ्रष्टचार गर्छु भनेर कल्पना मात्र गर्‍यो भने त्यसलाई जेल हाल्छु । ढुक्क हुनुस् उनले भने । उनले आफूलाई कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीको पनि भोट आएको भन्दै सबैलाई समान व्यवहार गर्ने बताए । उनले भने, ‘साझा एजेण्डा लिएर अघि बढौं, अब जुम्ला बन्छ । जुम्ला बनाउन सबै तयार छौं ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथबाट फर्केको विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते (नामसहित)

काठमाडौं । मुक्तिनाथ दर्शन गरेर फर्किँदै विद्यार्थी चढेको बस मंगलबार बिहान कागबेनी-मुक्तिनाथ सडक खण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस