कञ्चनपुर–२ बाट कांग्रेसका एनपी साउद निर्वाचित

काठमाडाैँ । कञ्चनपुर निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका नेता एनपी साउद निर्वाचित भएका छन ।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका साउदले एमालेका उम्मेदवार नरबहादुर धामीलाई ८ हजार चार सय ५५ मतको अन्तरले हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

गठबन्धनका तर्फबाट पूर्वमन्त्री एव केन्द्रीय सदस्य साउदले २८ हजार एक सय, धामीले २१ हजार ६ सय ४५ मत ल्याएका छन ।

सोही निर्वाचन क्षेत्रमा कांग्रेसका एनपी साउद र नर हादुर धामी तीन पटक निरन्तर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । ०७० मा साउदले धामीलाई, ०७४मा धामीले साउद र अहिले साउले धामीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री