गुल्मी-२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारीले दिइन् बधाई

काठमाडौं – गुल्मी प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उमेदवार गोकर्ण विष्ट २ हजार ३४ मतान्तरले विजयी भएका छन् । विष्टले २८ हजार ४७६ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका (एस)का रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत ल्याएकी छन् । विष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् ।

झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लाथि लागि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छिन् । ‘ज्ञानको हिसावले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ,’ उनले लेखेकी छिन्, ‘जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु । मेरो पक्षमा हजारौं मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री