काठमाडौं-१ ‘क’मा कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित

काठमाडौं । काठमाडौं–१ ‘क’ मा नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनी नेकपा (एमाले)का नवीन शाहीलाई २,७९६ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

उनी यसअघि पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । दिपेन्द्रले ६,३०० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका शाहीले ३,५०४ मत पाएका छन् ।

राप्रपाका रामचन्द्र अमगाईंले २,२९७ मत ल्याए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री