काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । सोमबारदेखि घट्न थालेको सुनको मूल्यले बुधबार पनि निरन्तरता पाएको छ ।
अघिल्लो कारोबार दिन प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया



