काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् । डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा सातौं पटक निर्वाचित भएका हुन् ।
देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि मुलुकको छैटौं पटक प्रधानमन्त्री हुने बाटो खुलेको छ । बुधबार बिहानै भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनलाई छैटौं पटक प्रधानमन्त्री हुने बाटो खुलेको हो ।
तपाईंको प्रतिकृया




