वल्र्डलिंकको नयाँ अफर ‘इन्टरनेट फरर, विदेश सरर’

काठमाडौं । वल्र्डलिंक कम्युनिकेशन्सले  दशैंतिहार लगायतका चाडलाई लक्षित गरी ‘इन्टरनेट फरर, विदेश सरर’ नामक ग्राहक योजना ल्याएको छ ।

यस योजनामा वल्र्डलिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीहरुले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुवई, बाली र मलेसियालगायतकका घुम्नलायक शहरहरुको भ्रमण गर्ने अबसर पाउनेछन् ।

वल्र्डलिंक कम्युनिकेशन्सले २३ औं वर्ष पुरा गरेको खुसीयालीमा ती भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको हो ।

यसै अबसरमा वल्र्डलिंकले इन्टरनेट खरिद वा नविकरण गर्दा समेत भारी छुट पाउने छन् ।

नयाँ इन्टरनेट जोड्दा र नविकरण गर्दा ग्राहकले एक वर्षको शुल्क भुक्तानी गरे ४० प्रतिशत छुटसमेत पाउने कम्पनीले जनाएको छ ।

यसरी इन्टरनेट जोड्दा ग्राहकले छुटसँगै निशुल्क सेट अप बक्ससहित १२ महिना नेटटिभी (आइपी टिभी) प्राप्त गर्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस