जावलाखेलको शंकास्पद बस्तु बम नभएको पुष्टि

काठमाडौँ । ललितपुरको जावलाखेलमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । प्रेसरकुकरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको हो ।

सो वस्तु (प्रेसरकुकर)मा ‘निर्वाचन अवज्ञा गरौँ’ भनेर लेखिएको पर्चा भेटिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । उनका अनुसार बिहान ८ बजेर ५० मिनेटमा नक्कली बम नेपाल सेनाले डिस्पोज गरेको छ ।

निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा सतर्कता बढाइएको बेला संकास्पद वस्तु फेला परेको हो । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपासहित केही दलहरूले निर्वाचन बिथोल्ने चेतावनी दिएका छन् । बुधबारमात्र बाँकेको नेपालगन्जमा बम बनाइरहेका बेला विस्फोट हुँदा दुई विप्लव कार्यकर्ता घाइते भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री