मन्दिमा पनि हिमालयन डिष्टिलरीको बिक्री १२ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा २.११ प्रतिशतले बढेर २१ करोड ५७ लाख रूपैयाँ पुगेको छ।

कम्पनीको बिक्री १२.२९ प्रतिशतले बढेर एक अर्ब ३८ करोड पुगेको छ। गत वर्ष यस्तो बिक्री एक अर्ब २३ करोड रूपैयाँ थियो। बिक्री बढेपनि लागत, प्रशासनिक खर्चलगायतमा वृद्धि भएको कारण नाफा बिक्री कै अनुपातमा नबढेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ५६.८४ रूपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६० गुणा छ। कम्पनीको प्रतिसेयर नेटवर्थ दुई सय एक रूपैयाँ ६४ पैसा छ।

अन्तः शुल्क दरमा वृद्धि भएसँगै मदिरा बिक्रीमा चुनौती भएको, बैंकहरूले प्रदान गर्ने चालु पुँजीमा कडाई, कर्जाको ब्याजदरमा वृद्धि, तरलता अभावले कर्जा लगानीमा कमी जस्ता समस्याले यो क्षेत्रलाई पनि प्रभावित पारेको कम्पनीको विश्लेषण छ।

गत वर्षको पहिलो त्रैमाशमा ५३ करोड अन्तः शुल्क तिरेको कम्पनीले चालु आवको यही अवधिमा ६२ करोड ६६ लाख रूपैयाँ तिरेको छ।

गोल्डेन ओक र ब्ल्याक ओक उत्पादन गरिरहेको कम्पनीले ब्लु ओक पनि बजारमा ल्याएको छ। कम्पनीले उत्पादन गर्ने गोल्डेन ओक र ब्ल्याक ओककै नाममा बजारमा अन्य उत्पादकहरूले कम गुणस्तरको मदिरा बिक्री गरिरहेकोले पनि बजार प्रभावित भइरहेको कम्पनील उल्लेख गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री