युएईलाई नेपालले ३ विकेटले हरायो

काठमाडौँ । नेपालले दोस्रो खेलमा युएईलाई ३ विकेटले पराजित गरेको छ । युएईले दिएको १९२ रनको लक्ष्य पछाएको नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

नेपालका लागि गुलशन झाले सर्बाधिक ३७ रन बनाए भने कुशल भुर्तेलले ३५ रनको योगदान गरेका थिए । त्यस्तै ज्ञानेन्द्र मल्लले २६, दिपेन्द्र सिंह ऐरीले १३, कप्तान रोहित पौडेलले ८, अर्जुन साउदले ०, आसिफ शेखले ६ रन बनाएका थिए ।

त्यस्तैगरी रोहन मुस्तफाले ३ विकेट लिएका थिए भने हजारत बिलालले २ तथा बसिल हमीदले एक विकेट लिएका थिए । त्यस्तै आरिफ सेखले अविजित ३३ रन बनाए भने सोमपाल कामीले अविजित १६ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको युएईले ४३.२ ओभरमा अल आउट हुदै १९१ रन बनाएको थियो । युएईका लागि मुहमद वासीमले ५० रन बनाएका थिए भने आलिशान शराफुले ३५ रन बनाए ।

त्यस्तै विरित्य अरविन्दले २५, चुनदंगापोयिल रिजवानले २२, बसिल हमीदले २४ रन बनाए भने विष्णु सुकुमारनले १५ रन बनाए । त्यसैगरी नेपालका बलर ललित राजबंशी र सोमपाल कामीले ३-३ विकेट लिएका थिए । त्यस्तै करण केसी, गुलशन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिए ।

नेपालको यो जितपछि जारी एकदिवसीय सिरीज १-१ को बराबरी भएको छ भने अब सिरिजको अन्तिम खेल शुक्रबार फाइनल हुने भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds