ओलीको आरोप- विजय गच्छदारले बाकस साटेर सँधै चुनाव जित्ने ?

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजय गच्छदारले अघिल्ला चुनावहरू बाकस साटेर जितेकाे आराेप लगाएका छन् । सुनसरीमा बुधबार चुनावी सभालाई सम्बाेधन गर्दै उनले यस्ताे आराेप लगाएका हुन् ।

‘राणा शासन फालेर आइयो, राजतन्त्र ढालेर आइयो,’ उनले भने, ‘सबै गरेर आइयो । विजय गच्छदारले बाकस साटेर सँधै चुनाव जित्ने । चल्छ यो ? नेकपा एमालेका अगाडी चल्छ यो । त्यसकारण एमालेले यस्ता कुरा सहिरहनु हुँदैन । हामी धाँधली गर्दैनौँ र धाँधली गर्न दिँदैनौँ । लडेर, जेलनेल सहेर, घाइते भएर कतिले बलिदानी गरेर ल्याएको लोकतन्त्रमा हामी कसैलाई धाँधली गर्न दिँदैनौँ ।’

कार्यकर्ता र सुरक्षा कर्मीसमेतलाई उनले धाँधली हुन नदिने वातावरण बनाउन आग्रह गरे । सुरक्षाकर्मीलाई उनले भने– ‘तपाइँ राष्ट्रको सेवक हो, कुनै दलको वा गठबन्धनको होइन । त्यसैले कानुनविपरीतको आदेश नमान्नुस् ।’

उनले एमाले उम्मेदवार भगवती चाैधरीलाई विजयी गराए त्यस क्षेत्रकाे विकासकाे जिम्मा आफूले लिने समेत आश्वासन दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री