रविन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला

काठमाडौं । काठमाडौं-१ मा राप्रपा उम्मेदवार रविन्द्र मिश्रको घरदैलो कार्यक्रममा अभिनेत्री मनिषा कोइराला सहभागी भएकी छन् । मनिषाले मिश्रको घरदैलोमा सहभागी भएर उनको पक्षमा मत मागेकी हुन् ।

उनी पछिल्लो समय राप्रपाका चुनावी सभाहरूमा पनि सहभागी भइरहेकी छन् । मनिषाले राप्रपाका उमेदवारहरूलाई जिताउन आग्रह गर्दै अब राप्रपाको राजनीतिमा सक्रिय हुने संकेत पनि गरेकी छन् ।

काठमाडौँ-१ मा दोस्रो पटक उम्मेदवार बनेका मिश्र यसअघि ०७४ मा नेपाली काँग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री