साफ यु-१५ महिला फुटबल विजेता खेलाडीहरूलाई सम्मान

काठमाडाैँ । बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न साफ यु–१५ महिला फुटबल च्याम्पियनसिप खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई सम्मान गरिएको छ ।

सोमबार बालकल्याण माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाज लम्की कैलालीले राजधानीमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका बालकल्याण माध्यमिक विद्यालय विद्यार्थी वर्षा वली र भूमिका बुढाथोकीलाई सम्मान गरिएका हो ।

कार्तिक १५ देखि २५ गतेसम्म भएका खेलमा वर्षा वलीले बङ्गलादेशलाई १–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित दिलाएकी थिइन् । त्यसैगरी भुटानसँगका खेलमा ७ गोल मध्ये वर्षाले ४ गोल गरेकी थिइन् ।

कार्यक्रमका सभापति बालकल्याण माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाज लम्कीका अध्यक्ष तारा आचार्यले विजयी खेलाडीहरूलाई खाता, प्रमाणपत्र र नगद सहित सम्मान गरेकी थिइन । कार्यक्रममा विद्यार्थी नेता तारा सज्याल, पत्रकार डम्मर बम, विद्यार्थी नेता रमेश आचार्य, विद्यालयका पूर्व विद्यार्थीहरू अरुण चौधरी, लक्ष्मी आचार्य, नीरज बोहरा लगायतकाले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भौतिक पूर्वाधारको अभावमा आफ्ना विद्यार्थीहरूले खेलकुदको माध्यमबाट राष्ट्रलाई चिनाउने काम गरेकोमा खुसी लागेको विद्यालयका सह प्राध्यापक रङ्ग प्रसाद तिमिल्सिनाले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री