गोरखाबाट रामचन्द्र पौडेलको प्रश्न : एमाले संसदमा किन जाने ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रान्ति र शान्तिका नायक भएको बताएका छन् । सोमबार सत्ता गठबन्धन दलले गोरखा क्षेत्र नम्बर २ पालुङटारमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले प्रचण्ड क्रान्ति र शान्ति दुवै प्रक्रियाको नेतृत्वकर्ता र बिरलै पाइने नेता रहेको बताए ।

उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा भएको विस्तृत शान्ति सम्झौताको आफूले मस्यौदा गरेको बताए । उनले प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको संयुक्त प्रयासबाट अहिलेको परिवर्तन आएको बताए । पौडेलले अहिले स्थानीय तहमा आएको अधिकार र वडाध्यक्षले विकासका लागि खर्च गर्न सक्ने परिवर्तन सानो परिवर्तन नभएको बताए ।

नेता पौडेलले नेपाली कांग्रेसका मतदातालाई हिजो विगतमा के भयो भनेर साध्य नचल्ने भन्दै पुराना कुरालाई बिर्सेर भविष्य हेर्न आग्रह गरे । उनले नेपालमा रोजगारी बढाउन, विकास निर्माणका काम अघि बढाउन आग्रह गरे । उनले वीपी कोइरालाले भनेजस्तो राष्ट्रिय एकता गरेर जानुपर्ने बताए ।

उनले संविधान र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन बनाइएको बताउँदै यो एकता पछिसम्म निरन्तर अघि बढ्ने उल्लेख गरे । उनले एमालेले नक्कली राष्ट्रवादी कुरा गर्ने बताउँदै एमाले संसदमा किन जाने भन्दै प्रश्न गरे । उनले पटक–पटक संसद भंग गर्ने एमाले किन संसदमा जाने भन्दै गठबन्धनका उम्मेदवारलाई मत दिएर निर्वाचित गर्न आग्रह गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री