काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि रहस्मय हत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली खटाइएको छ ।
स्थानीय बासिन्दा, पीडित तथा स्थानीय महिलाअधिकारकर्मीसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि एसपी दुर्गा सिंहको नेतृत्वमा टोली खटाइएको हो ।
यस अघि प्रहरी प्रधान कार्यलयले एआईजीमा सिफारिस भएका डिआईजी धिरु बस्न्यातको नेतृत्वमा अनुसन्धान समिति बनाएर काम शुरु गरिसकेको छ ।
तपाईंको प्रतिकृया




