दि नेपाल डिस्टिलरीजले पायो ‘आइएसओ ९००१:२०१५’ प्रमाणपत्र

काठमाडाैँ । खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरीज ले ‘आइएसओ ९००१:२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यता प्राप्त प्रमाणीकरण निकाय, डिएनभी (युकेएएस) बाट उक्त प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको बताएको छ।

यो प्रमाणपत्र एक विश्वव्यापी मानक हो जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरू तय गर्दछ। कम्पनीले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रीत गर्दै आइरहेको जनाएको छ। यसका लागि कम्पनीले आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्तदुरुस्त र समयसापेक्ष बनाउँदै आएको छ।

यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ।

कम्पनीका महाप्रबन्धक शुभास लामिछानेले प्रतिष्ठित आइएसओ ९००१:२०१५ को प्रमाणपत्र पाएकोमा गौरव महसुस भएको बताए।

उनले भने ‘यसको सम्पूर्ण श्रेय टिम र यसबाट भएको सामूहिक प्रयासलाई जान्छ। यस अवसरमा आगामी दिनमा समेत हामी हाम्रा उत्पादनहरूको गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं।’

कम्पनीबाट प्रतिष्ठित खुकुरी ब्राण्डअन्तर्गत खुकुरी ट्रिपल एक्स रम, खुकुरी स्पाइस्ड रम, खुकुरी ह्वाइट रम र खुकुरी कोरोनेसन रम उत्पादन हुँदै आएको छ। यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएका छन्।

हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ। कम्पनीका अनुसार दि नेपाल डिस्टिलरीज सन् १९५९ मा स्थापना भएको संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस