काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार राती ८ बजेर १२ मिनेट जादा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङको पाटादेवल केन्द्र विन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।भूकम्पको धक्का दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, कैलाली कञ्चनपुर लगायतका जिल्लामा महसुस गरिएको थियो ।
पछिल्ला दिनमा सुदूरपश्चिममा भूकम्प लगातार भूकम्प आइरहेको छ । यसै सातामा आएको यो चौथो भूकम्प हो ।
तपाईंको प्रतिकृया



