१२औँ वार्षिकोत्सव मनाउँदै फूडमान्डू, ४ लाख ग्राहक पुग्यो

काठमाडाैं । नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले १२औँ वार्षिकोत्सव मनाउँदैछ। सन् २०१० नोभेम्बर ११ मा स्थापित फूडमान्डू नेपालको प्रमुख अनलाइन फूड डेलिभरी सेवा प्रदायकको रूपमा स्थापित भएको छ। कम्पनी अहिले आफ्नो विभिन्न भर्टिकल्ससहितका नेपालका प्रमुख सहरहरूमा विस्तारको चरणमा रहेको छ।

“हामीले हाम्रो १२औँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण ग्राहक, साझेदार रेस्टुरेन्ट र अन्य सबै सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ,” फूडमान्डूका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने।

“फूडमान्डूले एक दिनको लागि विशेष वार्षिकोत्सव छुटको रूपमा १२ प्रतिशत छुटको कुपन कोड सार्वजनिक गरेको छ । हाम्रो १२औँ वार्षिकोत्सवका प्रमुख आकर्षणहरूमा १२ दिनका लागि सहरका सबै भन्दा राम्रा ठाउँहरूबाट मात्र १२ रुपैयाँमा पाइने विभिन्न खानाहरू र कम्तीमा ४०५ बचत गर्न सकिने, १२०० रुपैयाँको कम्बो खाना रहेका छन्,” उनी थप्छन्।

साथै ग्राहकले कारोबारको क्रममा डिजिटल भुक्तानी गरी १२ प्रतिशतसम्म छुट पाउनेछन् । डिजिटल लागि आईएमई पे, खल्ती, कनेक्ट आईपिएस, र फोनपे जस्ता सबै प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक प्रयोग गर्न सकिन्छ। वार्षिकोत्सवका अफरहरू नोभेम्बर ११, २०२२ मा सुरु भएर नोभेम्बर २२, २०२२ अर्थात् १२ दिनसम्म जारी रहनेछ।

फूड डेलिभरीमा अग्रणी नाम बनेको फूडमान्डूले, हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखरामा आफ्ना ४ लाख भन्दा बढी ग्राहकहरूलाई ८०० भन्दा बढी लोकप्रिय रेस्टुरेन्टहरूबाट सेवाहरू प्रदान गर्दै आएको छ। ग्राहकलाई सेवा दिन र दैनिक कार्य सञ्चालन गर्न कम्पनीका ३०० भन्दा बढी कर्मचारीहरू सक्रिय रुपमा काम गर्दै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after