ताेलामा १३ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?

काठमाडाैँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि वृद्धि भएको छ । शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री