ज्योति लाईफ इन्स्योरेन्सको नाफामा १३३ प्रतिशतको उछाल

काठमाडाैँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा १३३ प्रतिशतले बढेर २१ करोड ५२ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधीसम्ममा कम्पनीको बीमा शुल्क १५.६६ प्रतिशतले बढेर ९१ करोड ४० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ७९ करोड १ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३ करोड ५७ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ३८ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ३२ पैसा रहेको छ । सुर्या लाईफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी बिच मर्जर सम्झौता भइसकेकाले हाल दुबै कम्पनीको सेयर कारोबार भने रोक्का छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस