पहाडी भू-भागमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

शनिबार प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री