प्रचण्ड भाेलि जुम्ला जाँदै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २२ कात्तिकमा साविककाे माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बाेधन गर्ने भएका छन् । प्रचण्डले एकै साथ तीन जिल्लामा गठबन्धनको आमचुनावी सभा सम्बोधन गर्ने भएको माओवादी पार्टीका एक नेताले जानकारी दिए।

माओवादीका नेता मनऋषि धितालका अनुसार अध्यक्ष जुम्ला, कालिकोट र हुम्लामा चुनावी सभा सम्बाेधन गर्नेछन् । नेता धितालले प्रचण्ड बिहान ९ बजे सुर्खेत आउने जानकारी दिए ।

यसैगरी प्रचण्डले जुम्लामा गठबन्धनको चुनावी सभा सम्बाेधन गरेपछि हुम्लाको सर्केघाटमा १०ः१० मा जाने तालिका छ । सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १२ः३० मा कालिकोट जाने तालिका छ ।

जुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क) मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही र प्रदेश (ख)मा समाजवादीका पदम रोकाया उम्मेदवार छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सरकारी राहत कोषमा ५० लाख दिने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए । विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पँक्तिलाई खटाईएको र यो क्रमलाई निरन्तरता दिने निर्णय भएको छ ।

प्रतिकृया दिनुहॊस

This will auto close after