दशैंको अग्रिम टिकट खुल्यो

काठमाडौं । सरकारले  दशैंका लागि अग्रिम टिकट खुला गर्न सहमति जनाएको छ। सरकारले आगामी असोज ५ गतेदेखि अग्रिम टिकट खुला गर्न यातायात व्यवसायीसँग सहमति गरेकोे हो। हिन्दूको महान् पर्व वडादशैं सुरु भएसँगै राजधानीबाट ठूलो संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् ।

गत वैशाखमा सरकारले सिन्डिकेट हटाउने अभियान सुरु गरेपछि यातायात व्यवसायीले देशैभर चर्को आन्दोलन गरेका थिए।

त्यो बेला गृह मन्त्रालयको प्रत्येक्ष निर्देशनमा नेपाल राष्ट्र बैंकले तत्कालीन समयमा  अढाइ सयको संख्यामा यातायात समितिको बैंक खाता रोक्का गरेको थियो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले असोज ५ गतेदेखि अग्रिम टिकट् काट्ने सुविधा खुला गर्ने विषयमा सहमति भएको जानकारी दिए।

सिटौलाले सरकारले रोक्का गरेको खाता फुकुवा गरिदिन छलफलमा राखेको र सरकारी अधिकारीले फुकुवा गराउन आवश्यक पहल गरिदिने सहमति जनाएको बताए।

आगामी दसैंको समयमा कुनै पनि रुटमा नयाँ यात्रुवाहक बस नथप्ने भएकै सवारीसाधनलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडवाडको समयमा यात्रुलाई ठगी हुनबाट जोगाउन यातायात व्यवस्था विभाग, उपभोक्ता संघसंस्था तथा ट्राफिक महाशाखाको प्रतिनिधित्व हुने गरी राजधानीको १२ स्थानमा नागरिक सहायताकक्ष स्थापना गर्ने तयारी गरेको छ।

कलंकी, बल्खु, नयाँ बस पार्क, पुरानो बसपार्क, कोटेश्वर, स्वयम्भू, गौशाला, जोरपाटी, सातदोबाटो, सुनधारासहित १२ स्थानमा स्थापना हुने यस्तो सहायता कक्षबाट निर्धारित भाडादरभन्दा बढी रकम लिएर यात्रुलाई ठगेको र नक्कली टिकट भिडाएको अवस्थामा यात्रुले कानुनी उपचारको व्यवस्था गरिएको छ।

यातायात व्यवस्था विभागले १४ वटै अञ्चलस्थित आफ्ना कार्यालयलाई पत्राचार गरी दसैंदेखि छठसम्मको अवधीमा यात्रुवाहक बसलाई विशेष निगरानीमा राख्न पत्राचार गरेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस