काठमाडाैं । हाम्रो नेपाली पार्टीको ‘लौरो अभियान’ले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यसहितको प्रतिवद्धतापत्र सार्वजनिक भएको छ । सुमन सायमी संयोजक रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले प्रतिवद्धता पत्र ल्याएको हो ।
आत्मनिर्भर अर्थतन्त्र विकासका लागि नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन गर्ने विश्व बजारमा नेपालको उत्पादन पहिचान बढाउने उल्लेख गरेको छ ।
पार्टीले उत्पादनमा आन्तनिर्भर हुने र विदेशबाट नेपालमा आयात गरिने दाँत कोट्याउने सिन्का जस्ता नल्याउँदा पनि हुने सामानको आयात रोक्ने प्रतिबद्धता जनाएको छ । दीर्घकालिन विकासका लागि १ वर्ष, ५ वर्ष ५० वर्षको गुरुयोजना बनाएर अघि बढ्ने जनाएको छ ।
अभियानले सात वटै प्रदेशमा ७ चक्रपथ निर्माण गरी तराई पहाड र हिमाललाई जोडेर ७ वटा चक्रपथ तथा अध्यात्मिक मार्ग मनाउने, ७७ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको अवधारणासहित हरेक सरह र गाउँलाई एक स्वर्गको बगैँचा बनाउने उल्लेख गरेको छ ।
त्यस्तै, नेपालमा ८ सय २५ जनाको संसद नबनाई ७७ जना सांसद भए पुग्ने भन्दै पार्टीले संसद सानो बनाउने प्रतिपद्धता जनाएको छ । त्यस्तै, २५ वर्षमै राष्ट्रपति बन्न सक्ने व्यवस्था गर्ने, बलात्कारीलाई नपुंसक बनाउने कानुन ल्याउने जस्ता प्रतिवद्धता जनाएको छ ।
लौरो अभियान’द्वारा प्रतिबद्धतापत्र सार्वजनिक : पूर्णपाठ




