१ हजार ४ सयले बढ्यो सुनको भाउ

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज सुनको भाउ तोलामा १ हजार ४ सयले बढेको हो।

भाउ बढेसँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १ हजार २७५ मा कारोबोर भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री