दुई छाक टार्न र सन्तान पढाउन विदेश जान नपरोस् : कुन्ती पोख्रेल

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले कागेश्वरी मनोहरा वडा नं. ८ का जनतासँग घरदैलो तथा भेटघाट गरेकी छन् ।

उनले भेटघाट कार्यक्रममा आफू त्यहाँ पुग्दा जनता उत्साहित भएको बताएकी छन् । उनले परिवर्तनको लागि जनताले आफूलाई भोट दिने बताएकी हुन् ।

मतदातासँग भेटघाट गर्दा, ‘तपाईँ संसद्मा पुगेपछि जति पनि गलत नीतिनियम बनेका छन्, त्यसलाई टेबल ठटाएर रोक्नुहोस्’ भन्ने गरेको पोख्रेल बताउँछिन् । एक युवा समाजसेवी भए तापनि देशको र जनताको लागि नीतिनियम बनाउन संसद्मा पुग्नैपर्ने बताउँदै परिवर्तन गर्न आफूसँग अनुभव भएको पोख्रेल बताउँछिन् । शंखरापुरमा कतिपय ठाउँमा अभैm बाटो नपुगेकाले त्यसको जिम्मा आफूले लिने उनले बताइन् ।

पोख्रेलले युवाहरू ‘दुई छाक टार्न र बालबच्चा पढाउनकै लागि दुबई, कतार, मलेसियाजस्ता मुलुक जानुनपरोस् भन्दै आफू सो नीति बनाउने अभियानमा जुटिरहेको बताइन् । उनले बलात्कारी र भ्रष्टहरूलाई जेलमा पालेर राख्दा पनि राष्ट्रको धन खर्च हुनेसमेत बताइन् । कुराकानीमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट दोब्बर बनाउनुपर्ने पनि बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । …

प्रतिकृया दिनुहॊस