विष्णुको मूर्ति शिलान्यास गर्न राष्ट्रपति भण्डारी मुस्ताङमा

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज मुस्ताङ पुगेकी छन् । राष्ट्रपति भण्डारी मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास गर्न मुस्ताङ पुगेकी हुन् ।

राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ को पनि उद्घाटन गर्ने कार्यक्रम छ । भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआज तथा यस क्षेत्रको भ्रमण गरेकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री