काठमाडौँसहित देशका पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले आज विहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको मौसमविदले जनाएका छन् । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । काठमाडौं उपत्यकामा आज छिटपुटदेखि न्यून वर्षाको सम्भावना रहेको छ । ‘काठमाडौं उपत्यकामा आज दिउँसो वर्षाको सम्भावना छ । छिटपुटदेखि न्यून वर्षा आज दिउँसोको समयमा काठमाडौं उपत्यकामा हुने सम्भावना रहेको छ’, मौसमविद् श्रेष्ठले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग यस्तो आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको …

प्रतिकृया दिनुहॊस