ग्लोबल आईएमई बैंकले पोखरामा खोल्यो दुई नयाँ शाखा

काठमाडौँ । ग्लोबल आईएमई बैंकले बुधबारदेखि पोखरा महानगरपालिकामा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुई वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा कार्यालय संख्या २९२ पुगेको छ ।

बैंकले पोखरा महानगरपालिकाको वडा नं. १७, बिरौटा र वडा नं. २४, पामेमा एकैसाथ दुई वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भएको बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७० एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री