काठमाडौं । महालक्ष्मी विकास बैंक निक्षेप बढाउन सफल भएको छ । पछिल्लो ३ महिनाको वित्तिय विवरण हेर्दा बढी निक्षेप संकलन गर्ने विकास बैंकहरुमा महालक्ष्मी दोस्रो स्थानमा देखिएको हो ।
पहिलो त्रैमासमा महालक्ष्मी बैंकले १ अर्ब ९१ करोड रुपैयाँले निक्षेप बढाउन सफल भएको छ । गत असार मसान्तसम्म बैंकले ४५ अर्ब ८९ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज मसान्तसम्म बढेर ४७ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो ।
हालसालै मुक्तिनाथ विकास बैंक छाडेर महालक्ष्मी विकास बैंकको निक्षेप तथा कर्पोरेट संचार प्रमुखको जिम्मेवारी सम्हालेका बसन्त बक्सीले बैंकको प्रगतीमा उल्लेखीय सुधार भएको बताएका छन । लामो समयदेखि निक्षेप संकलनमा कमजोर र लगानीयोग्य पुँजी व्यवस्थापन गर्न नसकेका बेला बैंकका कर्मचारीहरुको मिहनेत र परिश्रमको फल विस्तारै देखिन थालेको उनको भनाई छ ।
तपाईंको प्रतिकृया




