अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ

काठमाडौँ । अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ । अभिनेत्री श्वेताले मंगलवार दिउँसो अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

पारिवारिक स्रोतका अनुसार, सर्जरीको माध्यमबाट श्वेताले छोरीलाई जन्म दिएकी हुन् । श्वेता २०७७ साल मंसिर २२ गते धनगडीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।

फिल्म ‘कहाँ भेटिएला’बाट अभिनेत्रीको रुपमा सानदार डेब्यू गरेकी श्वेता विजयन्द्रसँग विवाह बन्धनमा बाँधिएपछि अभिनयबाट टाढा रहेकी छन् । उनी पछिल्लो पटक फिल्म ‘कान्छी’मा देखिएकी थिइन् । यो फिल्म उनी आफैंले निर्माण गरेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after