राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको रिटमा आज सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले दायर गरेको रिटउपर आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । तोसिमाले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेकी हुन् ।

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी कार्कीले आफ्नो उम्मेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी हुन् । मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो । सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन् ।

प्रारम्भिक सुनुवाइका लागि अदालतले आजलाई पेसी तोको छ । तोसिमाले पाटन अस्पतालमा लाभको पदबाट राजीनामा दिएको र मेडिकल काउन्सिलको पद लाभको नभएको जानकारी गराउँदा पनि उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय शङ्कास्पद रहेको बताउँदै आएकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after