किशोरीको चित्त नदुखोस् भनेर नगरकोट गएको हुँ : सन्दीप

काठमाडौं । सन्दीप लामिछानेले आरोप लगाउने किशोरीको आग्रहमा नै नगरकोट गएको बताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा दिएको बयानमा सन्दीपले किशोरीकै आग्रहमा नगरकोट गएको बताउदै होटेलमा आफू र किशोरीबीच यौन सम्बन्ध नभएको दाबी गरेका छन् ।

सन्दीपले बयानमा किशोरीसँग व्यक्तिगत र पेसागत कुराकानी मात्र भएको बताउदै आफुले गीत गाएर उनलाई सहज बनाउने प्रयास गरेको बताएका छन् ।

सन्दीपले भनेका छन्- ‘मिति २०७९/०५/२२ गते मैले सोसियल मिडियामार्फत एक्कासी म उपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ । निजले आफ्नो १९ वर्ष पुगीसकेको र आफ्नो प्रेमीसमेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गितको माध्यमबाट सहज महसुस गराउने प्रयास समेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेसागत कुराकानी मात्र गरी बसेका हौँ ।’

सन्दीपले आरोप लगाउने किशोरीकै आग्रहमा आफु नगरकोट गएको बयानमा बताएका छन् । सन्दीपले किशोरीको चित्त नदुखोस् भनेर नगरकोट गएको बयान दिएका छन् ।

उनले भनेका छन्- ‘भोलि म केन्या जानुपर्ने छ र त्यसका लागि तयारी पनि गर्नुपर्ने छ भन्दा निजले मलाई होइन, मैले होस्टेलबाट साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भए पनि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको–गर्यै गरे पछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा निजको चित्त नदुखोस् भनी निजको कुरामा सहमत भई हामी दुबैजना नगरकोट गएका थियौं । नगरकोट जाने पूर्वतयारीको बारेमा मलाई केही जानकारी थिएन । त्यही पनि मैले निजको चित्त नदुखोस् भनी गएको थिएँ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप