विहे गरेकाे १ घण्टाभित्रै दुलाहाको मृत्यु

एजेन्सी। बेलायतनिवासी एक युवतीले बिहे गरेको एक घण्टा भित्रै पतिवियोग बेहोर्नुपर्‍यो। वेस्ट योर्कसायरनिवासी ३७ वर्षीया क्लेरमाथी यस्ताे दुर्भाग्यपूर्ण अवस्था अाएकाे हाे । गत शुक्रबार उनले ड्यानी इम्सलेसँग बिहे गरेकी थिर्इन। उनीहरूले एउटा होटलमा परिवारका सदस्य तथा इस्टमित्रको उपस्थितिमा बिहे गरेका थिए।

बिहेपछि आयोजित पार्टीमा दुवैजना सहभागी भए। राति साढे ११ बजेतिर ड्यानीले ‘निन्द्रा लाग्यो, सुत्न जान्छु’ भने। क्लेरले ‘म चाहिँ एकछिन यहीँ बस्छु’ भनिन्। एक घण्टापछि क्लेर कोठामा जाँदा ड्यानी सुतिरहेका थिए। कही बेर भलाकुसारी गरी पुनः पार्टीमा सहभागी हुन भनेर उनी फर्किन्। एक घण्टापछि कोठामा जाँदा श्रीमान्लाई अचेत अवस्थामा पाइन्। त्याे वेला उनकाे मृत्यु भर्इसकेकाे थियाे ।

यसबारे क्लेरले फेसबुकमा लेखेकी छिन्, ‘गएको शुक्रबार मेरो जीवनको सबैभन्दा महत्‍वपूर्ण दिन थियो। मैले एकजना इमानदार, फरासिला, मनकारी र मलाई औधी माया गर्ने व्यक्तिसँग बिहे गरेँ। त्यस्तो रमाइलो दिन मैले कहिल्यै भोगेकी थिइनँ। तर, त्यही रात मैले श्रीमान्लाई गुमाउनुपर्‍यो।’ अनुसन्धानपछि प्रहरीले ड्यानीको मृत्यु कालगतिले भएको बताएका छन्।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशकद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds