थुप्रै कालो कांग्रेसीले खगेन्द्र संग्रौलालाई गुरू मान्छन् : गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक एक बागी लोकार्पण समारोहमा बोल्दै उनले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको बताएका हुन् ।

साहित्यकार संग्रौला आफूसरहका कांग्रेसी नेताहरुको पनि गुरु भएकाले उनको जीवन र साहित्य रचनाबाट हरेक नेपालीहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको थापाले बताए । उनले भने, ‘खगेन्द्र संग्रौला कांग्रेस त हुँदै होइन, त्यसमाथि कालो कांग्रेस हुने कुरै भएन । तर, मेरो उमेर समूहका थुप्रै कालो कांग्रेसीले खगेन्द्र संग्रौलालाई गुरू मान्छन् । प्रश्न गर्न र बाघी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनुभयो ।’

आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्ने कुरा सिकाएको महामन्त्री थापाले बताए । साहित्यकार संग्रौलाको नयाँ पुस्तक एक बागी​ कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने कुराहरु समेटेको पाएको उनले बताए । साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दहरुले समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने पाएको महामन्त्री थापाको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

पहिरोमा पुरिएर जाजरकोटमा बालकको मृत्यु

काठमाडाैं । पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका-५ इबरका रमेश …

प्रतिकृया दिनुहॊस