आजदेखि शेयर कारोबार शुरु, अब कता जाला बजार ?

काठमाडौं । एक सातादेखि बन्द रहेको शेयर कारोबार आजबाट खुला हुने भएको छ । तिहार तथा छठको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि शेयर बजार बन्द थियो ।

६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट शेयर कारोबार शुरु हुनेछ ।

कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ । यस्तो अवस्थामा अब शेयर बजार कता जाला भनेर चासो रहेको छ । तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मक बनेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस