निर्मला प्रकरण : उच्चस्तरीय छानविन समितिका सदस्यलाई हृदयघात

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको रहस्मय हत्या घटनाको छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिका एक सदस्यलाई हृदयघात भएको छ ।

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरिय छानविन समिति गठन भएकाे थियाे । समितिका सदस्य सशस्त्र प्रहरी वलका डिआइजी वसन्त बानियाँलाई हृदयघात भएको हो ।

घटनाको छानविन गर्ने शिलशिलामा महेन्द्रनगरमा खटिएका बानियाँलाई छ दिनअघि एक्कासी हृदयघात भएको जानकारी सशस्त्रले अहिले दिएकाे छ । उनको हाल काठमाडौंकै एक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकाे नाम भने खुलार्इएकाे छैन ।

केहि दिन अघि समितिका सदस्य एवं उपसचिव वीरेन्द्र केसीले शान्तिसुरक्षाको माग गर्दै समितिबाट राजीनामा दिएका थिए । गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार वीच छलफल भएपछि उनी फेरी समितिमै फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री