नेपाल एयरलाइन्सको दिल्ली उडान रोकियो

काठमाडाैं । नेपाल एयरलाइन्सको दिल्ली उड्न लागेको उडान रोकिएको छ । २५४ जना यात्रु रहेको सो विमान आइतबार दिउँसो १:४५ बजे उडानको तयारीमा रहेको अवस्थामा रोकिएको हो ।

नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको उडान कटौती गरेकाले उडान रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । प्राधिकरणले उडान कटौती बारे नेपाल एयरलाइन्सलाई यसअघि नै सूचना दिएको बताएको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी वायुसेवा कम्पनी हिमालय र नेपाल एयरलाइन्सलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा एक उडान गर्न पत्राचार गरेको थियो ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू नगरे काठमाडौंबाट दैनिक हुने उडान कटौती गरिने जानकारी प्राधिकरणले गराएको थियो । नेपाल एयरलाइन्सले भने यस बारेमा जानकारी दिएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री