एनआईसी एशिया बैंकले ल्यायो ०.९ प्रतिशत ब्याजमा सवारी र घरजग्गा कर्जा

काठमाडौं ।  एनआईसी एशिया बैंकले  दुई नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गाकर्जा योजना सार्वजनिक गरेको हो । ”एनआईसी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको  हो ।

यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहनेले  चमत्कारिक लाभ उढाउन सक्ने बैंकले जनाएको छ ।

अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि, न्यून मासिक किस्ता रकम सवारीको मुल्यअनुसार मासिक ११ हजार रुपैयाँबाट नै किस्ता रकम शुरु हुने, आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने व्यवस्था रहेको  छ ।

यस योजना अन्तर्गत मासिक ब्याजदर ०.९ प्रतिशत, प्रशासनिक सेवा शुल्कमा विशेष छुट र घर जग्गा, सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था गरिएको छ ।

यस्तै, बैंकले सार्वजनिक गरेको चमत्कारिक घर जग्गा कर्जा योजना अन्तर्गत आफ्नो आम्दानीअनुसार मासिक किस्ता निर्धारण गर्न सकिने, अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि, आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने रहेको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री