काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज (शनिबार) संकल्प पत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा आज बिहान १० बजे संकल्प पत्र सार्वजनिक गर्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
संकल्प पत्र सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने जारी उनले बताए । उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ नेपाली कांग्रेसको संकल्प पत्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट २०७९ कार्तिक १२ गते शनिबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा सार्वजनिक हुने कार्यक्रम रहेको छ ।’
तिहार अगाडि नै सार्वजनिक गर्ने तयारी गरे पनि अन्तिम समयमा स्थगित गरेको थियो ।
तपाईंको प्रतिकृया




