मोटरसाईकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु, दुई घाइते

काठमाडाैँ । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा निर्माणाधिन विमानस्थल नजिकै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नं १० शिखरबार्नीमा निर्माणाधीन विमानस्थलको रनवेमा मोटरसाइकल चलाउने क्रममा गए राति अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।

अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइतेको बुटवलमा रहेको मर्सिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ । मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस