डोजरको ठक्करबाट दैलेखमा एक पैदल यात्रीको मृत्यु

काठमाडाैँ । दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ । भैरवी गाउँपालिका–४ डाँडीमाडी बजारमा भएको घटनामा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

शहीद गेटदेखि डाँडीमाडी खण्डको बाटो मर्मत गरी फर्केको भे १ क १६४२ नम्बरको डोजरले पैदल यात्री खातुनलाई ठक्कर दिएको र चालक प्रविणकुमार शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने डोजर भैरवी गाउँपालिकाको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गणतन्त्रपछि सबैभन्दा बढी सत्ताको स्वाद लिएको माओवादी ९ वर्षपछि प्रतिपक्षको बाटोमा

काठमाडौं । नेकपा माओवादी केन्द्र करिब ९ वर्षपछि प्रतिपक्षमा पुग्ने लगभग निश्चित छ । सोमबार …

प्रतिकृया दिनुहॊस