काठमाडौं। ग्लोबल आइएमई बैंकले थप २ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैंकले गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नं. ६ चारपलामा १०१ औँ र सोही गाउँपालिकाकै वडा नं. १ बलिथुममा आफ्नो १०२ औँ शाखा रहित बैंकिङ्ग सेवासुरु गरेको हो।
उक्त शाखा रहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्न डीसहाेमा, सीडीएमए र युटीएलकाे महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
तपाईंको प्रतिकृया




